नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Dec 18, 2025 09:56 AM Merolagani



नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।