कामना सेवा विकास बैंकद्वारा स्वास्थ्य केन्द्रहरुमा वाटर प्यूरिफायर र डिस्पेन्सर सहयोग

Dec 18, 2025 12:27 PM merolagani



कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापास्थित दमक नगरपालिका वडा नं. ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई र कमल गाउँपालिका वडा नं. ५ स्थित सामुदायिक स्वास्थ्य केन्द्र सिम्लेलाई १/१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले दमक नगरपालिका ०५ का वडा अध्यक्ष इन्द्र गुरुङलाई र कमल गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षलाल बहादुर बिष्टलाई १/१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेका हुन् ।

बैंकको यस सहयोगबाट वडामा सेवा लिन आउने सबैजना लाभान्वित हुने विश्वास वडा अध्यक्ष गुरुङ तथ बिष्टले बताए । साथै, यस्तो परोपकारी कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद पनि ज्ञापन गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, वडा अध्यक्ष तथा वडा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।