प्राधिकरणकाअनुसार, वातावरणीय अध्ययन कार्य भएका केही जलविद्युत् आयोजनाहरु हुन भने अधिकांश उच्च क्षमताका प्रसारण लाइन आयोजनाहरु हुन् । सोमध्ये एउटा भने सोलार परियोजनाको समेत वातावरणीय अध्ययन कार्य पूरा भएको छ ।

वातावरणीय अध्ययन हुनेहरुमा प्रसारण लाइनतर्फ ३३, १३२, २२० र ४०० केभीए क्षमताका प्रसारण लाइन आयोजनाहरु छन् । जसमध्ये निजगढ-पोखरिया ४०० केभी प्रसारण लाइन आयोजनाको गत २०८२ बैशाख १२ मा प्रारम्भिक वातावरणीय परिक्षण(आइईई) प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट स्वीकृत भएको छ ।
त्यस्तै, औराहा-सिमरा १३२ केभी प्रसारण लाइन आयोजनाको पनि २०८२ जेठ २० मा ऊर्जा मन्त्रालयबाट नै आइईई प्रतिवेदन स्वीकृत भएको छ । लेखनाथ-दमौली २२० केभी प्रसारण लाइन आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परिक्षण(आइईई) प्रतिवेदनका लागि स्थलगत अध्ययन कार्य सम्पन्न भएको छ ।
त्यस्तै, घन्सार–हर्निया ४०० केभी प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनको कार्यसूची तयार भइ स्वीकृतिका लागि मन्त्रालयमा पेश भएको प्राधिकरणले जनाएको छ । जगतपुर–माडी ३३ केभी प्रसारण लाइन आयोजनाको पनि अद्यावधिक वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन ऊर्जा मन्त्रालयमा सिफारीस भइ स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश भएको छ ।
त्यस्तै, हेटौडा–ढल्केबर–दुहबी ४०० केभी प्रसारण लाइन आयोजनाको दोस्रो परिमार्जित प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन ऊर्जा मन्त्रालयबाट स्वीकृत भएको छ । यता, दमक–केरुन–विराटनगर १३२ केभी र सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनको कार्यसूचीका लागि आवश्यक स्थलगत अध्ययनकार्य सम्पन्न भइ प्रतिवेदन विद्युत् विकास विभागमा पेश भइसकेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, रातामाटे–गल्छी २२० केभी प्रसारण लाइन आयोजनाको पनि आइईई प्रतिवेदन तयार भइरहेको छ । चमेलिया-जैवलजीवी ४०० केभी प्रसारण लाइन आयोजना निर्माणका लागि समझदारीपत्र(एमओयू) समेत सम्पन्न भइसकेको छ ।
त्यस्तै, जलविद्युत् आयोजनातर्फ ७०.३७ मेगावाटको जावा तिला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन(ईआईए) को क्षेत्र निर्धारण कार्यसूची प्रतिवेदन विद्युत् विकास विभागबाट स्वीकृतीका लागि पेश भएको छ । ३३४ मेगावाटको स्यार्पु दह पम्प जलाशययुक्त जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनको क्षेत्र निर्धारण कार्यसूची प्रतिवेदन विद्युत् विकास विभागमा स्वीकृतिका लागि पेश भएको छ ।
त्यस्तै, सल्लेरी च्याल्सा जलविद्युत् आयोजनाको विद्युत् विकास विभागबाट कार्यसूची पेश गरी रिभ्यू मिटिङ सम्पन्न भएको छ । यता, ४ मेगावाटको प्रस्तावित कुलेखानी प्रथम सौर्य आयोजनाको निर्माणका लागि समझदारीपत्र(एमओयू) सम्पन्न भएको छ ।