गत २०८२ पुस ३ गते नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक रुपमा बढ्यो । त्यसदिन सुनको प्रतितोला मूल्य २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो एक हप्ताको अवधिमा पनि सुनको मूल्य निरन्तर उकालो लागेको देखिन्छ । गत २०८२ मंसिर २६ गते शुक्रबार २ लाख ५६ हजार ६०० रुपैयाँ कारोबार भएको सुनको मूल्य मंसिर २८ गते आइतबार आइपुग्दा २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भयो ।
त्यस्तै, मंसिर २९ गते सोमबार सुनको मूल्य अझै बढेर २ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार हुन पुग्यो । त्यस्तै, पुस १ गते मंगलबार २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य पुस २ गते बुधबार ७०० रुपैयाँ बढ्यो । त्यसदिन २ लाख ५९ हजार ७०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै, पुस ३ गते बिहीबार २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य पुस ४ गते शुक्रबार भने केही घट्यो । त्यसदिन सुनको मूल्य २ लाख ५८ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियाे।
निरन्तर बढ्दै गएपछि सुनकाे मूल्यले केही महिना भित्रै ताेलाकै ३ लाख छुने अनुमान गर्न थालिएकाे छ ।