निसान टेकटन एसयूभी भारतीय बजारमा सार्वजनिक हुन लागेको हो । जापानी कार निर्माता कम्पनीले अपडेट गरिएको म्याग्नाईटको सबकम्प्याक्टका रुपमा उक्त एसयूभी लन्च गर्न लागेको हो ।

कम्पनीका अनुसार, यो एसयूभीको डिजाइन भाषा र पावरट्रेनलाई कायम राख्दै थप नयाँ सुविधा समेत ल्याएको छ । निसान टेकटन तेस्रो पुस्ताका लागि रेनो डस्टरमा आधारित हुनेछ । यसको डिजाइन र स्टायलिङ निसान पेट्रोल एसयूभीबाट धेरै प्रेरित हुनेछ।
यस एसयूभीमा सी–आकारको डिजाइन तत्वहरु र अगाडिको छेउमा जडान गरिएको एलइडी हेडल्याम्पहरुसहितको ठूलो ग्रिल हुनेछ । मल्टी स्पोक अलोय ह्रवीलहरु जडान गरिएको एलईडी टेलल्याम्पहरु, रियर स्पोइल र सिल्भर फिनिश रियर बम्पर समावेश हुनेछ ।
नयाँ जेनेरेसनको रेना डस्टरजस्तै यो एसयूभी पेट्रोल इन्जिन विकल्पमा आउनेछ । यसले १.३ लिटर र १.२ लिटर हाइब्रीड पेट्रोल इन्जिनहरु प्राप्त हुनेछन् । यो एसयूभी भारतको चेन्नइ उत्पादन प्लान्टमा निर्माण भइरहेको छ । कम्पनीले घरेलु र निर्यात बजारलाई केन्द्रीत गरेर यो एसयूभी उत्पादन गरिरहेको छ ।
नयाँ निसान टेकटनले हुन्डाइ क्रेटा, किया सेल्टोस, टाटा सिएरा, मारुती ग्राण्ड भितारा, होन्डा एलिभेट, टोयटा हाइराइजरजस्ता एसयूभीसँग प्रतिष्पर्धा गर्नेछ ।