लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ करोड २२ लाख ४४ हजार ३४४ रुपैयाँ बराबरको लाभांश घोषणा गरेको हो । जसमध्येमा लघुवित्तले ९.५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत का दरले हुन आउने नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।