बुक बिल्डिङ विधि अनुसार निष्काशन गरेको दोस्रो कम्पनी रिलायन्सको आईपीओ खोलेको पहिलो दिन सोमबार १ लाख ९१७ निवेदनबाट ५३ लाख ९८ हजार १ सय कित्ता शेयर माग भएको हो । यो माग भन्दा ५.८३ गुणाले बढी हो । कम्पनीले सर्वसाधारणको लागि ९ लाख २४ हजार ७ सय ६८ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
प्रति कित्ता ८ सय २० रुपैयाँ ८० पैसाको दरले ५० कित्ता भर्नुपर्ने रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा पहिलो दिन सोमबार नै ४ अर्ब ४३ करोड ७ लाख ६० हजार ४ सय ८० रुपैयाँ संकलन भएको थियो । यो आईपीओ आगामी बिहीबारसम्म खुल्नेछ । आईपीओको शेयर निष्काशक तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गरिरहेको छ ।