२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

Dec 29, 2025 12:03 PM merolagani



नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ।

केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ जारी गर्ने भएको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।

आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ।

यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८३ पुस १४ गते हुने छ भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ।





आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।