आन्तरिक पर्यटनलाई सुविधाजनक बनाइदिए अझै यो बढ्ने उनको भनाई छ । पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिएपनि उद्योगसरह सुविधा भने नदिएको उनले बताए।
उनले पर्यटन उद्योगलाई उद्योगको रुपमा पाउनुपर्ने औद्योगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरुलाई हाल भएको कानुनले नदिएको उल्लेख गरे । यसलाई सहजीरकरण गर्नुपर्नेमा उनले जोड दिए । पर्यटन व्यवसायीहरुले आन्तरिक पर्यटनमा भएका खर्चहरुमा करको मिनाहा गरिदिन आग्रह गरेको पनि उनले बताए ।
उनले भने, ‘हिजोआज ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटकहरुले होटलहरु खचाखच भरिएको अवस्था छ । अहिले आन्तिरिक पर्यटनलाई अलिकति सुविधाजनक बनाइदिने हो भने जस्तो कर्पोरेट सोसल रेस्पोन्सिलिटी अन्तर्गत पारेर आन्तरिक पर्यटनमा भएका खर्चहरुमा करको मिनाहा गरिदिने हो भने त्यसले हामीलाई धेरै हदसम्म सहयोग पनि हुन्थ्यो भनेर पर्यटक व्यवसायीहरुले आफ्नो कुरा राख्नुभएको छ । अहिले हामी पर्यटन उद्योग भनेर भनेका छौँ तर उद्योगको रुपमा पाउनुपर्ने औधोगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरुलाई दिएको देखिएको छैन । यो हामीसंग भएको कानूनले ।’
उनले पर्यटन क्षेत्रका सम्पूर्ण समस्यालाई सम्बोधन गर्नेगरी एकीकृत विधेयक ल्याउने तयारीमा मन्त्रालय रहेको पनि जानकारी दिए ।