बालेन र रविबीचको सम्झौताको ‘टाइमिङ’ नमिलेको देउवाका ज्योतिषीको घोषणा, रास्वपा झन समस्यामा पर्ने

Dec 29, 2025 02:12 PM mero lagani



पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका बहुचर्चित ज्योतिषी सुरेशचन्द्र रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेनबीचको सहमतिको लागि गरिएको सम्झौताको ‘टाइमिङ’ नमिलेको  बताएका छन् ।

रिजालले सम्झौताको हस्ताक्षर गरिएको समय एकल राजयोग (One-Sided Planet Raja Yoga) मा परेको दावी गर्दै त्यसबाट समस्या समाधान नहुने बताएका छन् । साथै उनले रास्वपा थप संकटमा पर्ने घोषणा गर्दै सम्झौताअनुसार प्रधानमन्त्री आलोपालो गर्ने सहमतिले आठ वर्षपछि मात्रै परिणाम दिने दावी पनि गरेका छन् ।

बालेन र रविबीचको सम्झौता हुंदै गर्दाको तस्विर राख्दै सोमबार सामाजिक संजालमा रिजालले लेखेका छन्—

७ बुँदे सम्झौतामा हस्ताक्षर गरेको समय नै ‘एकपक्षीय एकल’ राजयोग (One-Sided Planet Raja Yoga) मा परेकाले गहिँरिदो राजनीतिक संकट टार्न (रास्वपा)ले ठूलै कानुनी झमेला पार गर्नुपर्ने ग्रहयोग परेको छ । अचानक सत्ता,शक्ति र सामाजिक प्रतिष्ठा दिलाउन हस्ताक्षर गरेको समयमा सबै ग्रहहरु बायाँ परेकाले आठौं बर्ष पछि मात्रै एकपक्षीय –एकल राजयोगलेी पूर्णरूपमा फलदिन सक्ने छ । अत: निर्वाचनपछिको प्रधानमन्त्री आलोपालो बाँडेर जाने प्रस्तावमा लामो समयसम्म धैर्य गरेमा (रास्वपा)बाट गहिँरिदो राजनीतिक संकट टार्ने सक्ने संकेत देखिएको छ ।