
जुन रकम उनीहरूको चोखो आम्दानी हो। त्यसमा नेप्सेलाई तिर्नु पर्ने कमिसन र कर दुवै कट्टा गरिएको नेप्सेले जनाएको छ। कात्तिकको तुलनामा मंसीरमा ब्रोकरले गर्ने आम्दानी बढेको छ। नेप्सेले प्रकाशित गरेको मासिक विवरण अनुसार कात्तिकमा ९२ ब्रोकर कम्पनीहरूले कुल ३२ करोड ७७ लाख १५ हजार २९८.९० रुपैयाँ आम्दानी गरेका थिए।
नेप्सेले प्रकाशित गरेको मंसीरको विवरण अनुसार शेयर खरिद बिक्रीको मध्यस्थता गरेर सबैभन्दा धेरै कमाउने कम्पनीमा नासा सेक्युरिटीज परेको छ। उसले एक महिनामा तीन करोड पाँच लाख रुपैयाँ नेट कमाएको छ। जुन सबै ब्रोकर कम्पनीको तुलनामा सबैभन्दा बढी हो। कात्तिक महिनामा पनि सबैभन्दा धेरै कमाउने ब्रोकर कम्पनी नासा नै रहेको थियो। दोस्रोमा सबैभन्दा धेरै कमाउने ब्रोकर कम्पनीमा भिजन सेक्युरिटीज छ। उसले एक करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ। गत कात्तिकमा पनि भिजन दोस्रो स्थानमा नै रहेको थियो।

सबैभन्दा धेरै कमाउने १० कम्पनीको सूचीबाट यस पटक श्री हरि सेक्युरिटीज बाहिरिएको छ। श्री हरि यस पटक १७ स्थानमा झरेको छ। सबैभन्दा धेरै कमाउने २० कम्पनीहरूको सूचीमा एक बाहेक कुनै पनि नयाँ ब्रोकर छैनन्। सबै पुराना ब्रोकर सबैभन्दा धेरै कमाउने २० ब्रोकर कम्पनीको सूचीमा छन्। नयाँ कम्पनी मध्ये क्यापिटल म्याक्सले मात्रै सबैभन्दा धेरै कमाउने १० कम्पनीको सूचीमा आफ्नो स्थान सुरक्षित गरेको छ। उसले एक करोड दुई लाख रुपैयाँ कमाउँदै ९ औँ स्थान ओगटेको छ। यस अघि कात्तिकमा कम्पनी १० औँ स्थानमा थियो।
यस अघि बैंकलाई ब्रोकर लाइसेन्स दिँदा बजारमा निक्कै ठूलो प्रभाव पर्ने आँकलन गरिएको थियो। तर बैंकका सहायक कम्पनीको रुपमा खुलेका ब्रोकर कम्पनीको कमाइका हिसाबले उनीहरूको अवस्था बिजोग देखिन्छ। किनकि कमाइका हिसाबले बैंकका सहायक कम्पनीहरू सबैभन्दा धेरै कमाउने ब्रोकर कम्पनीहरूको सूचीमा पुछारतिर परेका छन्। ९२ ब्रोकर कम्पनीको सूचीमा ८९ औँ स्थानमा माछापुच्छ्रे सेक्युरिटीज छ भने गरिमा सेक्युरिटीज ८८ औँ स्थानमा छ। त्यसैगरि सनराइज सेक्युरिटीज ८६ औँ स्थानमा छ भने ग्लोबल आइएमइ सेक्युरिटीज ८२औँ स्थानमा छ।
स्टक डिलरको रुपमा आएका नागरिक स्टक डिलर र नबिल स्टक डिलरमा कमाइका हिसाबले नागरिक स्टक डिलर निक्कै अघि देखिएको छ। नागरिक स्टक डिलर सबैभन्दा बढी कमाउनेको सूचीमा २२ नम्बरमा छ। गत कात्तिकमा उसको स्थान २४ थियो। नबिल स्टक डिलर ५४ औँ स्थानमा झरेको छ। गत कात्तिकमा नबिल ४४ औँ नम्बरमा देखिएको थियो।
दोस्रो बजारमा शेयर खरिद बिक्री गर्नेले ब्रोकर कम्पनीलाई मध्यस्थकर्ता बनाउनु पर्छ। ब्रोकर कम्पनीले शेयर खरिद र बिक्री गर्दा धितोपत्र बोर्डले तोके अनुसारको निश्चित प्रतिशत कमिसन पाउने गर्छन्। ब्रोकर कम्पनीको मध्यस्थकर्ता बिना आम सर्वसाधारण लगानीकर्ताले दोस्रो बजारमा शेयर किन्न र बेच्न पाउँदैनन्।
कसले कति कमाए हेर्न यहाँ क्लिक गर्नुहोस्