लक्ष्मी सनराइज बैंकको साधारण सभाले पारित गर्याे १० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव

Dec 29, 2025 05:22 PM merolagani



लक्ष्मी सनराइज बैंक लिमिटेडले २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेकाे छ । 

साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २६ अर्ब ७८ करोड पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

 

त्यस्तै गत आव २०८१/८२ मा ३७१ अर्ब निक्षेप र २८७ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ४४३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले ४ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।