रवि, बालेन र कुलमान एकै ठाउँमा उभिए, कुलमान रास्वपाको उपसभापति बन्ने गरी भयाे सहमति

Dec 29, 2025 07:56 PM merolagani



रवि, बालेन र कुलमान एकै ठाउँमा उभिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ ।

यो सहमतिसँगै घिसिङ उपसभापति बन्ने भएका छन् । पार्टी सभापति भने रवि लामिछाने र प्रधानमन्त्रीको उमेदवार बालेन शाह हुने सहमति रवि र बालेनबीच यसअघि नै भइसकेको छ । रवि र बालेनबीच सहमति भएपछि कुलमानलाई पनि सहमतिमा ल्याउन वार्ता र संवाद जारी थियो । जसमा सोमबार सहमति जुटेको हो ।