वार्षिक न्यूनतम २० प्रतिशतको प्रतिफल आउने गरि ट्रेड गरियो भने बजारबाट मनग्य आम्दानी गर्न सकिन्छ

Jan 01, 2026 02:56 PM Merolagani



विगत लामो समयदेखि साइडवयजमा रहेको बजार विस्तारै बढ्न थालेको छ । पछिल्लो समय राजनीतिक गतिविधिले फरक धार समाउन थालेपछि बजार सकारात्मक हुन सुरु भएको हो ।

शेयर बजारका लागि अनुकुल समय बन्दैछ । त्यसैले अहिलेकाे बजारमा लगानी गर्नेहरु पछुताउनु नपर्ने विज्ञहरुले बताउन थालेका छन् । बजारको आरोह अवरोह अध्ययन गरेर लगानी गर्नेले  नाफा आर्जन गर्न सक्ने बताउछिन् शेयर प्रशिक्षक गिता पाण्डे । पाण्डेसँग सुधा देवकोटाले गरेको कुराकानीः

शेयर बजार सम्बन्धी प्रशिक्षण गर्नु हुन्छ । तपाईले दिने प्रशिक्षणमा कस्ता कुरालाई प्राथमिकता दिनु हुन्छ ?

नेपालको शेयर बजारमा धेरै किसिमका अफवाहहरु फैलाउने गरेको हुन्छन् । कोही शेयर बजारलाई जुवाको संज्ञा दिएका हुन्छन् । कोही हल्लाको भरमा कारोबार गर्ने गरेका हुन्छन् । शेयर बजारको वास्तविक र त्यसको महत्त्व बुझाउँदै सचेत गराइन्छ ।

 

धेरै लगानीकर्ताको हल्लाको भरमा कारोबार गर्ने परिपाटी छ । हल्लामा कारोबार गर्न हुँदैन । बजारको बारेमा विश्लेषण गर्नुपर्छ भन्ने हाम्रो प्राथमिकता रहेको हुन्छ । सिक्न आउनेहरुमा धेरै अरु ठाउँबाट प्रशिक्षण लिएका र बजारमा कारोबार गरेका लगानीकर्ताहरु पनि हुनुहुन्छ । अर्कोतर्फ बजारमा आउन चाहनेहरु सुरुमा सिक्न आउनेहरु पनि हुनुहुन्छ । लगानीकर्ताको मनोभावना बुझेर सोही अनुसारको प्रशिक्षण नै हाम्रो प्राथमिकता रहन्छ ।

हामीले शेयर बजारको सम्बन्धमा प्राविधिक, आधारभूत र बजारमा ट्रेडरहरुको मनोभावना समेत अध्ययन गराउने गरेका छौं । दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुले मात्रै टेक्निकल र फण्डामेन्टल मात्रै अध्ययन गरेर हुँदैनन् । बजारमा ट्रेडरहरुको मनोविज्ञान पनि बुझन जरुरी हुन्छ ।
सामान्यतया लगानीकर्ताहरु बजार घट्न थालेपछि डराउने हुन्छन् । जस्तो आईतबारको बजार फराकिलो अंकले बढ्यो तर सोमबारको बजारमा सामान्य अंकको करेक्सन भयो । सो घटाईमा लगानीकर्ता डराएर बिक्री गर्नु हतार गर्नु भयो । तर सो अवस्थामा स्मार्ट मनिले सेल दिएको छैन । उनीहरु अझ घटेर किन्ने दाउमा रहेका छन् । तर व्यक्तिगत लगानीकर्ताहरु डरमा हतार गरेर शेयर बिक्री गर्नु भयो । हामीले क्यान्डल भित्रको पनि क्यारेक्टर हेर्नु पर्छ । यस्तो अवस्थामा लगानीकर्ताको डरलाई बुझेर निर्णय गर्ने सिप सिकाएका हुन्छौं । यसले धेरै लगानीकर्ताहरु पेनिक सेल गर्नबाट बच्नु भएको छ ।

लामो समय कारोबार गरेर अभ्यस्त हुनुहुन्छ । बजारको सम्बन्धमा प्राविधिक र आधारभूत अध्ययनमा पोख्त हुनुहुन्छ । त्यस्ता व्यक्तिहरुले पनि भावनालाई नियन्त्रण गर्न नसक्दा गुमाउने गरेको देखिन्छ । सूचक निरन्तर बढेको हुन्छ । सो अवस्थामा ठूलो अंकको वृद्धि भएको दिनमा नै लगानीकर्ताहरु पुनः प्रवेश गरेका हुन्छन । सो विन्दुमा शेयर सप्लाई भएको हुन्छ । त्यस्तो अवस्था धेरैले पत्ता लगाउन नसक्दा फस्ने गरेको पाइन्छ ।

शेयर बजारमा सुरुमा कन्फर्मेसन पर्खने र ठूलो कारोबार रकम सहित सूचक बढेको छ भने त्यस्तो अवस्थामा शेयर सप्लाई आउँछ । सामान्य लगानीकर्ताले त्यस्तो अवस्था कसरी पहिचान गर्ने ?

यस्तो अवस्थामा स्मार्ट मनि कसेप्टको बारेमा जान्नु पर्छ । हामीले प्रशिक्षण गर्न सिकाउने गरेका हुन्छौं । हामीले प्रशिक्षण गर्दा जिरो लेभलदेखि हिलोसम्मका कुरालाई जोड दिएका हुन्छौं । बजारमा जब साईडवयजको अवस्थामा हुन्छ । सो विन्दुमा स्मार्ट मनिले एक्युमुलेसन गरेको हुन्छ । अप्रेटरहरु छिरेका हुन्छन । सो विन्दुबाट निरन्तर बजार बढ्छ । सामान्यतया स्मार्ट मनिले बजार बढेको बेलामा सप्लाई दिने गर्छ ।

अहिलेको बजार पनि विगत लामो समयदेखि साईडवयजमा छ । यो बजारलाई कसरी हेर्नु भएको छ ?

अहिलेको बजार लगानीकर्ताहरुका लागि मौका हो । यो विन्दुमा जति सकिन्छ शेयर कलेक्सन गर्ने हो । हामी शेयर कलेक्सन गर्ने समयमा थोरै नाफा लिएर बिक्री गर्न हतार गरिरहेका हुन्छाैं । सोमबारको बजारमा ठूला लगानीकर्ताको सेल आएको छैन । सो दिनमा साना लगानीकर्ताले नाफा सुरक्षित गरेका हुन् । ठूलाले यो विन्दुमा शेयर खरिद गरेका छन् । घट्दो बजारमा लगानीकर्तामा डरत्रास हुन्छ । साना लगानीकर्ताहरु सूचक सामान्य घट्दा नै बिक्री गर्न हतार गरेका हुन्छन् । तर बजारको विषयमा सिकेको बुझेको व्यक्तिले बजारको दवाबमा शेयर कारोबारको रणनीति बनाउँदैन ।

शेयर बजारमा फण्डामेन्टल हेर्ने वा टेक्निकल हेर्नेहरु बीचमा लगानीकर्ताको वर्गिकरण भएको देखिन्छ । एकले अर्काको अस्तित्व स्वीकार नगर्ने समस्याहरु देखिने गरेका छन् । तपाईले के कस्ता कुरामा जोड दिनु हुन्छ ?

अहिलेको हाम्रो बजार ट्रेडरहरु हाबी भएको बजार हो । ट्रेडरहरुले कम्पनीको फण्डामेन्टल अवस्थाको खासै वास्ता गर्दैनन । उनीहरुको प्राविधिक अध्ययनमा देखिएको संकेत अनुसारको रणनीति बनेको हुन्छ । उनीहरु छोटो अवधिका लागि मात्र कुनै कम्पनीको छनोट गरेका हुन्छन् । त्यसैले कम्पनीको फण्डामेन्टलमा चासो राख्दैनन । तर दोस्रो बजारबाट पैसा कमाउनका लागि ट्रेडिङ मात्रै गरेर हुँदैन । सुरक्षित ट्रेडका लागि फण्डामेन्टल पनि हेर्नु पर्ने हुन्छ ।

हामीले छोटो समयको मात्रै लाभ हेर्नु हुँदैन । दोस्रो बजारमा क्षणिकले पुग्दैन । कुल लगानीको ७० प्रतिशत लगानी दीर्घकालिन लगानीलाई जोड दिनुपर्छ । मात्रै ३० प्रतिशतबाट मात्रै ट्रेड गर्ने हो । अनि मात्रै हाम्रो पोर्टफोलियो व्यवस्थापन भएको हुन्छ । लगानीको सुरक्षालाई पनि जोड दिनुपर्छ । त्यसैले हामी कम्पनीको आधारभूत विषयलाई बढी मध्यनजर गरेर लगानी गर्ने हो । दोस्रो बजारको विषयमा अध्ययन गर्दा फण्डामेन्टल र प्राविधिक दुवै अध्ययनलाई समानान्तर रुपमा महत्व दिनुपर्छ ।

ट्रेडिङ गर्नेले छोटो अवधिमा कमाई गरेको देखिएपनि दीर्घकालमा गुमाएका हुन्छन भनिन्छ नि हो ?

मैले शेयर बजारको विषयमा प्रशिक्षण दिदाँ शूल्य लगानीको अवधारणा पनि सिकाएकी हुन्छु । हामीले पूर्व तयरी विना नै ट्रेडमा होमिएका हुन्छौं । जहाँ ट्रेडरले तयारी गर्न पर्ने खरिद बिक्रीको समय, नाफा सुरक्षित गर्ने टार्गेट र स्टपलस सम्बन्धीमा जानकारी राख्नु पर्ने हुन्छ ।

धेरै लगानीकर्ताहरु भावनामा आएर कारोबारको रणनीति बनाएर लगानी गरेका हुन्छन । त्यसैले भनिन्छ - ट्रेडमा ९५ प्रतिशतले गुमाउँछन्, ५ प्रतिशतले मात्रै कमाउने गर्छन् । छोटो अवधिको रणनीति बनाउनेहरु अनुशासित कारोबार गर्नुपर्छ । वार्षिक न्यूनतम २० प्रतिशतको प्रतिफल आउने गरि ट्रेड गर्ने हो । त्यो लगानीको लाभलाई दीगो कारोबारमा रुपान्तरण गरियो भने बजारबाट मनग्य आम्दानी गर्न सकिन्छ ।

दोस्रो बजारमा हुने म्यानुपुलेसलाई कसरी हेर्नु भएको छ ?

दोस्रो बजारमा दुई-चार पैसा आर्जन गर्ने सोचले नै लगानी गर्ने हो । बजारमा सक्नेहरुले त्यसलाई म्यानुपुलेसन गरेर भएपनि केही पैसा बढी पैसा कमाई गर्न खोजेको देखिन्छ । त्यसलाई अस्वभाविक होइन् । तर यस्तो बजारमा लगानीकर्ता स्वंयम सचेत हुनुपर्छ ।

बजारमा हल्ला वा कसैले म्यानुपुलेसनमा विश्वास गरेर लगानी गर्दा उनीहरुले बिक्री गर्ने बेला हुन सक्छ । त्यस्तोको पछि लागेर कारोबार गर्न हुँदैन । बजारलाई बुझेर वा सिकेर आफ्नै रणनीति अनुसार नै कारोबार गर्नुपर्छ ।

दोस्रो बजारमा कसैले दिएको सुझाव अर्को पक्षमा किन लागु हुँदैन ?

दोस्रो बजार सबैले कमाउनु पर्छ भन्ने मान्यता छ । दोस्रो बजार लगानीकर्ताले आफ्नो मनोभावनालाई नियन्त्रण गर्न नसक्दा गुमाउने हो । दोस्रो बजारमा लोभ र डरलाई नियन्त्रण गर्न सक्नु पर्छ । धेरै लगानीकर्ताहरुले भनेर सुनेको कुरामा नै लगानी गर्नु भएको छ ।

अर्कोतर्फ अरु कसैले दिएको सुझाव अर्को पक्षलाई लागु नहुनुमा भावना नै दोषी हो । जस्तो 'ए' भन्नेको सुझावले 'बि' भन्ने व्यक्तिले शेयर खरिद गरेको छ । तर शेयर खरिद गर्दा एउटै विन्दुमा खरिद भएको हुन्छ । बजार बढ्यो टार्गेट मिट भयो । सुझाव दिने व्यक्तिले शेयर बिक्री गरी आउट हुन्छ । जुन सुझाव लिएर लगानी गरेको थियो । सो व्यक्तिमा लोभ बढ्छ । बिक्री गर्दैन । तर बजार पुनः घट्न थाल्यो । हो यस्तो बेला कसैले दिएको सुझाव अर्को पक्षमा लागु हुँदैन ।

दोस्रो बजारमा लगानी गर्नेले सधै नाफा मात्रै हुन्छ भनेर लगानी गर्न हुँदैन । बजार घट्दा लिने रणनीति र बढ्दा लिने रणनीति फरक हुन्छ । यस्तो बेला सचेत भएर वा धैर्य गर्नेले बजारबाट आर्जन गरेका छन् ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।