साउनयता ५ वटा जलविद्युत् कम्पनीको आईपीओ स्वीकृत, स्वीकृतिको पर्खाइमा रहेका यी हुन ३७ वटा कम्पनी

Jan 01, 2026 11:24 AM merolagani



चालू आर्थिक वर्ष २०८२/०८३ को साउनयता ५ वटा जलविद्युत् कम्पनीले मात्र प्राथमिक शेयर निष्कासन (आईपीओ) काे स्वीकृति पाएका छन् ।

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले चालू आवमा ५ वटा जलविद्युत् कम्पनीले आईपीओ निष्कासन स्वीकृत गरेको हो ।

आईपीओ स्वीकृत हुनेहरुमा सोलु हाइड्रोपावर लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, रिड्ज लाइन इनर्जी लिमिटेड, सुर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेड हुन् ।

जसमा सोलु हाइड्रोपावरले १० करोड कित्तामध्ये ८ करोड कित्ता संस्थापक र २ करोड कित्ता सर्वसाधारणका लागि निष्कासन गर्ने गरी स्वीकृत पाएको थियो । त्यस्तै, भुजुङ हाइड्रोपावर लिमिटेडले १ करोड कित्ता शेयरमध्ये ८० लाख कित्ता संस्थापक र २० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्न अनुमति पाएको छ ।

त्यस्तै, सुर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले ६८ लाख ९६ हजार ७४४ कित्तामध्ये ५५ लाख १७ हजार ३९४ कित्ता संस्थापकका लागि र १३ लाख ७९ हजार ३५० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने गरी अनुमति पाएको छ । र, सुपर खुदी हाइड्रोपावरले पनि १ करोड ५५ लाख कित्ता शेयरमध्ये १ करोड २४ लाख कित्ता संस्थापक शेयर र ३१ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्ने गरी आईपीओ अनुमति पाएको छ ।

यो बाहेक सेबोनमा ३७ वटा जलविद्युत कम्पनीहरु अहिले पनि आईपीओ स्वीकृतिको पर्खाइमै छन् ।
आईपीओ निष्कासन अनुमतिको पर्खाइमा रिचेट जलविद्युत कम्पनी लिमिटेड, बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेड, याम्बलिङ जलविद्युत् लिमिटेड, टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड, कालिन्चोक हाइड्रोपावर लिमिटेड, हिम रिभर पावर लिमिटेड, लोअर इरखुवा हाइड्रोपावर कम्पनी लिमिटेड, कालांगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेड हुन् ।

त्यस्तैगरी, एपेक्स मकालु हाइड्रोपावर लिमिटेड, एपोलो हाइड्रोपावर लिमिटेड, गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेड, शिखर पावर डेभलपमेन्ट लिमिटेड, सियुरी न्यादी पावर लिमिटेड, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड, आसुतोष ऊर्जा लिमिटेड, हिल्टन हाइड्रो एनर्जी लिमिटेड, स्नो रिभर्स लिमिटेड, पुवा खोला–वन हाइड्रोपावर लिमिटेड, म्याडमी खोला हाइड्रोपावर लिमिटेड, निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेड, पिपल्स एनर्जी लिमिटेड र चम्पावती हाइड्रोपावर लिमिटेडले समेत आइपीओ निष्कासन अनुमतिको पर्खाइमा छन् ।

त्यस्तै, हिम पर्वत हाइड्रोपावर लिमिटेड, सेनचुरी ऊर्जा लिमिटेड,ह्याबिट्याट पावर कम्पनी लिमिटेड, नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेड,युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड, आरती पावर कम्पनी लिमिटेड, मेवा डेभलपर्स लिमिटेड, म्याग्दी हाइड्रोपावर लिमिटेड, ज्यामोलोङ्मा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, अर्बिट ऊर्जा लिमिटेड, भिजन ऊर्जा एण्ड पावर लिमिटेड, ह्वाइट लोटस पावर लिमिटेड, इलेक्ट्रो पावर कम्पनी लिमिटेड र काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले समेत सेबोनमा आईपीओ निष्कासनका लागि निवेदन दिएका थिए । तर, ती जलविद्युत् कम्पनीले अहिलेसम्म आईपीओ अनुमति पाएका छैनन् ।

 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।