बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) की अध्यक्ष समेत रहेकी ८० वर्षीया जियाको मंगलवार बिहान ढाकामा उपचारका क्रममा निधन भएको हो ।
उनी लामो समयदेखि मुटु र फोक्सो सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिइन्। सन् १९९१ मा देशको पहिलो महिला प्रधानमन्त्री बनेकी जिया सन् २००१ मा पुनः प्रधानमन्त्री निर्वाचित भएकी थिइन् । भ्रष्टाचारको अभियोगमा सन् २०१८ मा कारागार चलान भएकी उनलाई सन् २०२४ अगस्टमा राष्ट्रपतिको कार्यालयले रिहा गरेको थियो ।