जागरुक युवा अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानलगायतका संस्थाहरूको अगुवाइमा काठमाडौंका विभिन्न स्थानमा र्याली, सांस्कृतिक कार्यक्रम र प्रदर्शनी आयोजना गरिएका छन् ।
सहभागीहरूले दौरा–सुरुवाल, ढाका टोपी, भादगाउँले टोपी, गुन्यू–चोलो लगायतका परम्परागत नेपाली पोशाकमा सजिएर राष्ट्रिय पहिचानको संरक्षण र संवर्द्धनकाे सन्देश प्रवाह गरेका छन् । यो दिवसले नेपाली समाजमा राष्ट्रिय पोशाकप्रति युवा पुस्ताको आकर्षण बढाउँदै लगेको छ भने सरकारलाई पनि मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिन दबाब दिइरहेको छ ।