विमानस्थलको ढोका थुनेर मात्र बढ्दो पलायन रोक्न सकिँदैनः महानिर्देशक तिवारी

Jan 01, 2026 02:49 PM Merolagani



अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको नीतिगत समस्याको कारण बढ्दो युवा पलायन रोक्न नसकेको टिप्पणी गरेका छन् । बिहीवार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

पछिल्ला २० वर्षमा विदेश जाने प्रक्रियामा नियन्त्रण गर्ने प्रयास भएपनि त्यसले अपेक्षित परिणाम दिन नसकेको उनको भनाइ छ । उनले विमानस्थलको ढोका थुनेर मात्र बढ्दो विदेश पलायन रोक्न नसकिने उल्लेख गर्दै राज्यले स्टार्टअप लगायतका क्षेत्रमा सहयोग गर्न जरुरी रहेको बताए । उनले अध्यागमन नीतिमा बारम्बार बुँदा फेरबदल हुँदा लागत मात्र बढेको र अध्यागमन प्रणालीको समग्र ‘इकोसिस्टम’ले लय गुमाएको समेत बताए ।

उनले भने, ‘सरकारले बनाएका नीतिमा सधैं बुँदा फेरेको देखिन्छ । हामीले पछिल्लो २० वर्षमा विदेश जाने नेपालीलाई कसरी रोक्ने र छोड्ने भन्ने अभ्यास गरेछौँ र लागत बढाएको बढाएै गरेछौँ । कहिले अध्यागमनले कहिले एयरलाइन्सले गरेर १५० भन्दा बढी मान्छे रोकेछौँ तर एकदुई महिना अडियो होला कोही पनि नेपालमा अडिएनछ । विमानस्थलमा ढोका थुनेर कोही अडिँदो रहेनछ । हामीले युवाहरुलाई अस्टार्टअप लगायतका क्षेत्रमा सहयोग नगरिकन कुनैपनि युवालाई रोकेर मात्र हुँदैन । यसले नेपालको अध्यागमनको इकोसिस्टले लय गुमाएको अवस्था थियो,छ ।’

उनले सरोकारवाला निकायहरुले विदेशी नागरिकहरुले नेपालमा रहँदा गर्ने क्रियाकलापबारे ध्यान नदिएको कारण मुलुकको सांस्कृति र तथा शान्ती सुव्यवस्था खल्बलिएको बताए ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।