ओली बयानका लागि नआए के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष कार्कीको जवाफः भोलिको कुरा भोलि नै हुन्छ

Jan 01, 2026 04:18 PM merolagani



गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।

बिहीवार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले प्रधानमन्त्री कार्कीले काम कहाँसम्म पुग्यो भन्नेबारे जिज्ञासा राख्नुभएको र आफूले जानकारी गराएको बताए। उनले एक महिना समय थप भएको र सोही समयभित्र प्रतिवेदन सरकारलाई बुझाउने तयारीमा आफू रहेको पनि बताए । उनले काँग्रेस नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिसको पनि बताए ।

 

उनले भने, ‘काम कहाँ पुग्यो भन्नेबारे छलफल भयो । एक महिना समय थप भएको छ । त्यस समयभित्रै बुझाउँछौँ । रमेश लेखकको बयान सकिसक्यो । ओलीजीलाई बोलाउने क्रममा छौँ । आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ । उहाँलाई हामी चिठी काट्दैछौँ ।’

अध्यक्ष कार्कीले अध्यक्ष ओली बयानका लागि आउनुभएन भने त्यहीबेलामा थप निर्णय हुने पनि बताए।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।