जेनजी आन्दोलनको बीमा दाबीबापत् साढे ५ अर्ब भुक्तानी

Jan 01, 2026 04:27 PM MeroLagani



जेनजी आन्दोलनको क्रममा भएको क्षतिको बीमा दाबीमा अहिलेसम्म बीमा कम्पनीहरुले साढे ५ अर्ब रुपैयाँ बराबरमा भुक्तानी दिएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार पछिल्लो अद्यावधिक तथ्यांक अनुसार ३ हजार ३ सय १६ वटा आवेदनबाट २३ अर्ब ४७ करोड बीमा दाबी परेकोमा अग्रिम भुक्तानी समेत गरेर ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कुल ७१२ वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब ५ करोडमध्ये करिव ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ र मोटर बीमातर्फ कुल २ हजार ३२१ वटा बीमा दाबीको दाबी रकम करिव ३ अर्ब ४६ करोड १६ लाखमध्ये करिव १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी भएको छ ।

 

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ कुल २२६ वटा बीमा दाबीको करिव ५५ करोड ३९ लाख दाबी रकममध्ये करिव ८ करोड ३६ लाख, परिवहन बीमातर्फ कूल १२ वटा बीमा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिव १ करोड ५५ लाख र अन्य बीमातर्फ कूल ४५ वटा बीमा दाबीको करिव ३८ करोड ४० लाख दाबी रकममध्ये करिव ५ करोड अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

पुनर्बीमाले दियो ३ अर्ब २ करोड रुपैयाँ भुक्तानी

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कुल २ हजार ८६३ वटा पुनर्बीमा दाबीको कुल पुनर्बीमा दाबी रकम करिव १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क कम्पनीबाट प्राप्त भएको छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।