प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंले भने- जनमत संग्रहबारे निर्णय लिन सरकारले आईतवारसम्मको समय माग्यो

Jan 01, 2026 04:49 PM merolagani



नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले जनमत संग्रहबारे निर्णय लिन सरकारले आगामी आईतवारसम्मको समय मागेको बताए । बिहीवार सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आईतवारसम्मको अल्टिमेटम दिएका हुन् ।

 

सरकारले आगामी आईतवारसम्म पनि आफूहरुका माग र जनमत संग्रहबारे निर्णय नलिए आन्दोलन गर्ने चेतावनी दिए । उनले एउटा पक्षलाई रुवाएर अर्को पक्ष निर्वाचनमा जान नपाउने बताए । उनले सरकार जेनजीका मागहरु त्यत्तिकै राखेर निर्वाचनमा जान नपाउने बताए । सरकारले एउटा पक्षलाई मात्रै बोकेर हिँडिरहेको भन्दै यसको परिणाम राम्रो नहुने चेतावनी दिए ।

 

उनले भने, ‘मैले गम्भीर तरिकाले कुरा राखेँ, यि मुद्दा देशका हुन् । तपाईंलाई आफ्नो नातीसँग नेपालमै बस्न मन छैन भनेर सोधेँ । उहाँले खै केके भनेर खुई.... गर्नुभयो । पूरै थाकेको जस्तो । जेनजीले खोसेर ल्याइदिएको सरकारमा बस्ने अनि उनीहरुलाई थुन्ने भने । आईतवारसम्मको समय माग्नुभयो । आईतवार सही गरौँ दुई पक्ष बसेर सोमवारको मन्त्रीपरिषबाट पास गर्दछौँ । सकेनौँ भने आईतवारको दिन सकेनौँ भन्छौँ भन्नुभएको छ । एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान पाउँदैन । नेपाल सबैको साझा हो भनेका छौँ । यो तरिकाले यो सरकार जेनजीका मागहरु त्यत्तिकै राखेर चुनावमा जान खोज्यो, नक्कली एउटा मात्रै टिमलाई बोकेर चुनावमा जान खोज्यो भने त्यो सफल हुँदैन ।’

संयोजक प्रसाईंले जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए । आफूहरुले लोकतन्त्रको अधिक प्रयोग गरेर जनमत संग्रह गर्न आग्रह गरेको बताए ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।