प्रतिवेदनमा भनिएको छ कि यस्ता डिजिटल सम्पत्तिहरूले विश्व वित्तीय प्रणालीमा नयाँ अवसर ल्याए पनि नेपालमा यसले अवैध आम्दानी लुकाउने, पैसाको शुद्धीकरण गर्ने, आतंक वित्तपोषण गर्ने खतरा बढाएको छ।
नेपालमा भर्चुअल सम्पत्ति प्रयोग कानुनी रूपमा प्रतिबन्धित छ। प्रयोगकर्ताले जरिवाना वा जेल सजाय भोग्न सक्ने व्यवस्था छ। तर पनि पछिल्ला वर्षहरूमा बैंकहरूले पठाएका शंकास्पद कारोबार प्रतिवेदनमा भर्चुअल सम्पत्ति प्रयोगसँग सम्बन्धित गतिविधि बढ्दो देखिएको छ।