बजारमा नक्कली नाेटकाे बिगबिगी, नक्कली नोटसहित समातिए आधा दर्जन व्यक्ति

Jan 01, 2026 05:46 PM Merolagani



काठमाडौंकाे बजारमा हजार दरका नक्कली नाेटकाे बिगबिगी नै रहेकाे छ । गोकर्णेश्वरबाट नक्कली एक हजार दरका नोटसहित आधा दर्जन व्यक्ति प्रहरी नियन्त्रणमा पुगेका छन् । स्थानीय अत्तरखेल चोकबाट गएराति झण्डै एक लाख बराबरको नक्कली नोटसहित उनीहरु समातिएका हुन् ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक घर भएका र हाल साँखु बस्ने ३२ वर्षीय दावा नोर्वु शेर्पा, ४४ वर्षीय पासाङ शेर्पा, ३२ वर्षीय प्रकाश गुरुङ, ४२ वर्षीया रेणुका भारती, ६५ वर्षीय गोकर्ण थापा र शंखरापुरका ४३ वर्षीय सुकबहादुर स्याङ्बो छन् ।

विशेष सूचनाका आधारमा प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको संयुक्त टोलीले गएराति उनीहरुलाई एक हजार दरको ९३ थान नक्कली नोटसहित नियन्त्रणमा लिइएको हो ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।