मंसीरमा बढ्यो म्युचुअल फन्डको न्याभ, मुद्दती नवीकरण नहुँदा बैंक मौज्दात पनि बढ्यो

Jan 02, 2026 06:11 AM Merolagani



मंसीर महिनामा म्युचुअल फन्डहरुको औसत न्याभ कात्तिक महिनाको तुलनामा बढेको छ । तथ्यांक अनुसार कात्तिक महिनामा ९.८८ रहेको म्युचुअल फन्डहरुको न्याभ मंसीर महिनामा आएर १०.१३ पुगेको छ । म्युचुअल फन्डहरुले सूचीकृत कम्पनीहरुमा लगानी गरेको कम्पनीहरुको बजार मूल्यको आधारमा खुद सम्पत्ति मूल्य (न्याभ) गणना गर्ने गरिन्छ ।

मंसिर महिनामा सबैभन्दा बढी न्याभ प्रभु स्मार्ट फन्डले ११.९१ रुपैयाँ निकालेको छ भने सबैभन्दा कम न्याम मेगा म्युचुअल फन्डले ९.३२ रुपैयाँ निकालेको छ । म्युचुअल फन्डको अंकित मूल्य प्रति इकाई १० रुपैयाँ रहेको हुन्छ । म्युचुअल फन्डहरुमध्ये सबैभन्दा बढी हिमालयन ८०–२० ले ०.४५ रुपैयाँले न्याभ बढाएर ११.४५ रुपैयाँ पुर्याएको छ भने एचएलआई लार्ज क्याप फन्डको न्याभ सबैभन्दा बढी ०.१७ रुपैयाँले घटेको छ । कात्तिकमा ९.७२ रुपैयाँ रहेको यो म्युचुअल फन्डको न्याभ मंसीर अन्तिममा ९.५५ रुपैयाँ छ ।

मंसीर महिनामा म्युचुअल फन्डहरु नेप्सेमा सूचीकृत कम्पनीले ५.३१ प्रतिशत लगानी बढाएका छन् भने नेप्सेमा सूचीकृत नभएका कम्पनीहरुले २७.३७ प्रतिशतले लगानी बढाएका छन् । सूचीकृत कम्पनीहरुमा म्युचुअल फन्डको लगानी कात्तिक महिनामा ५० अर्ब १२ करोड रुपैयाँ रहेकोमा यो रकम मंसीर अन्तसम्म पुग्दा ५२ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । मंसीर महिनामा एचएलआई लार्ज क्याप फन्डले सबैभन्दा धेरै लगानी बढाएकाे छ । म्युचुअल फन्डहरुमध्ये सबैभन्दा धेरै सूचीकृत कम्पनीमा लगानी भने एनआइबीएल सहभागिता फन्डको छ । एनआइबीएल सहभागिता फन्डको लगानी ६ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । सबैभन्दा पहिला खुलेको खुलामुखी म्युचुअल फन्ड हुनाले यो म्युचुअल फन्डको बजारमा लगानी धेरै छ । एनआइसी एसिया ब्यालेन्स फन्डले भने बजारमा सूचीकृत कम्पनीहरुमा लगानी ४.२७ प्रतिशतले घटाएका छन् ।

यता मंसीर मसान्तसम्म नेप्सेमा सूचीकृत नभएका कम्पनीहरुमा म्युचुअल फन्डको लगानी १ अर्ब ८० करोड रुपैयाँ रहेको छ जुन कात्तिक मसान्तमा १ अर्ब ४१ करोड रुपैयाँ थियो । मंसिर महिनामा नबिल फ्लेक्सी क्याप फन्डकाे सबैभन्दा बढी ६ करोड १० रुपैयाँ रहेको छ

अधिकांश म्युचुअल फन्डको मुद्दती निक्षेप शून्य

सेबोनले स्वीकृति प्रदान गरेको ५३ वटा म्युचुअल फन्ड मध्ये प्रायः म्युचुअल फन्डको मुद्दती निक्षेप शून्य नै रहेको छ । तथ्यांक अनुसार आरबीबी म्युचुअल फन्ड २ ले मंसीरमा ४ करोड, सानिमा लार्ज क्याप फन्डको ४ करोड, सानिमा ग्रोथ फन्डको साढे ५ करोड, मुक्तिनाथ म्युचुअल फन्डको ३ करोड, एनआइसी एसिया ग्रोथ फन्ड–२ को साढे १२ करोड, रिलायल समृद्धि योजनाको १० करोड, प्रभु सेलेक्ट फन्डको ४ करोड, हिमालयन ८०–२० को साढे ११ करोड, ग्लोबल आईएमई समुन्न्त योजना–२ को ५ करोड, सिटिजन सुपर ३० म्युचुअल फन्डको ४ करोड, आरबीबी म्युचुअल फन्ड १ को ३ कराड, एनएमबी हाइब्रिड फन्ड एल–२ को ३२ करोड २७ लाख, एमबीएल इक्वीटी फन्डको १२ करोड, एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड २ को २ करोड ४२ लाख, गरिमा समिृद्धि योजनाको ३ करोड रुपैयाँ मात्रै मुद्दती निक्षेपमा रहेको छ । मुद्दती निक्षेपमा रहेको रकम समयवधि सकिनासाथ नवीकरण नगर्ने अवस्था रहेको म्युचुअल फन्डका सञ्चालकहरु बताउँछन् ।

बैंक ब्यालेन्समै थन्किए म्युचुअल फन्डको रकम

मंसीर महिनामा म्युचुअल फन्डहरुले मुद्दती निक्षेप रकमलाई लगानी नगरिकन बैंक ब्यालेन्समै सीमित राखेको देखिएको छ । मुद्दतीमा राखेको रकम नवीकरण नभएपछि केही रकम शेयर किन्नमा लगाए पनि अधिकांश रकम भने बैंक ब्यालेन्समै राखेको देखिएको छ । तथ्यांक अनुसार म्युचुअल फन्डहरुको बैंक मौज्दात मंसिर मसान्तमा कात्तिक महिनाको तुलनामा झन्डै ९ प्रतिशतले बढेको छ । कात्तिक मसान्तसम्मा १० अर्ब ६५ करोड रुपैयाँ रहेको म्युचुअल फन्डहरुको बैंक ब्यालेन्स मंसीर मसान्तसम्म आइपुग्दा ११ अर्ब ६१ करोड पुगेको छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।