काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक ३ बजे बस्दै

Jan 02, 2026 12:26 PM Merolagani



नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने भएको छ । पार्टीभित्र नियमित महाधिवेशनको तालिका र विशेष महाधिवेशनको मागबीच उत्पन्न विवादलाई सम्बोधन गर्न यो बैठक महत्वपूर्ण मानिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशन स्थगन भएको र विशेष महाधिवेशनको विकल्पमा जानुपर्ने बताएका थिए । यसै सन्दर्भमा सभापति शेरबहादुर देउवाको सक्रियतामा बैठक बोलाइएको हो ।

बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका, क्रियाशील सदस्यता वितरणको अन्तिम प्रक्रिया र आगामी निर्वाचन तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ । यसअघि १५ औँ महाधिवेशन पुस २६–२९ गते गर्ने तालिका रहे पनि तल्लो तहका अधिवेशन सुरु नहुँदा ढिलाइ भएको थियो । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतकाअनुसार बैठकले संस्थागत निर्णय लिने प्रयास गर्नेछ । बैठकमा पदाधिकारी तथा केन्द्रिय सदस्यहरूको उपस्थिति रहनेछ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।