सन् २०२५ मा साढे ११ लाख पर्यटक नेपाल आउँदा छिमेकी देश भारतबाट सबैभन्दा बढी, चीन भने तेस्रो स्रोत गन्तव्य

Jan 02, 2026 01:07 PM Merolagani



सन् २०२५ मा साढे ११ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार २०२५ को जनवरीदेखि डिसेम्बर अन्त्यसम्म ११ लाख ५८ हजार ४५९ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो अघिल्लो वर्ष भन्दा १ प्रतिशतले मात्रै बढी हो। 

सन् २०२४ मा ११ लाख ४७ हजार ५ सय ४८ जनाले नेपाल भ्रमण गरेका थिए। कोभिड अगाडि सन् २०१९ मा भने नेपालको पर्यटक आगमन ११ लाख ९७ हजार १९१ थियो। कोभिड अगाडिको तथ्यांकसँग तुलना गर्दा सन् २०२५ मा ३.२ प्रतिशत कम पर्यटक मात्रै नेपाल भ्रमणमा आएका छन् ।

टप फाइभ देशमा भारत अगाडि

नेपालमा धेरै पर्यटक आउने पहिलो देशमा भारत रहेको छ । भारतबाट सन् २०२५ मा २ लाख ९२ हजार ४ सय ३८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो कुल पर्यटकको २५.२ प्रतिशत हो । त्यस्तै दोस्रोमा संयुक्त राज्य अमेरिका रहेका छन् । अमेरिकाबाट सन् २०२५ मा १ लाख १२ हजार ३१६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो कुल पर्यटकको ९.७ प्रतिशत हो ।

कोभिड अगाडिसम्म नेपाल भ्रमण गर्ने देशमा दोस्रो स्थानमा रहने चीन सन् २०२५ मा भने तेस्रो स्थानमा पुगेको छ । चीनबाट सन् २०२५ मा ९४ हजार ४८० जना पर्यटक नेपालमा आएका छन् । यो कुल पर्यटकको ८.२ प्रतिशत हो । चौथोमा बेलायतबाट ५८ हजार ६८४ जना र पाँचौमा बंगलादेशमा ५७ हजार ५सय ७५ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन् ।

क्षेत्रगत रुपमा दक्षिण एसियाबाट सबैभन्दा धेरै ४ लाख ८ हजार १०३ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो कुल पर्यटक संख्याको ३५.२ प्रतिशत हो । दक्षिण एसिया बाहेक (अन्य)बाट २ लाख ५३ हजार ३११ जना, युरोपबाट २ लाख २१ हजार १८ जना, अमेरिकी महादेशबाट १ लाख ३५ हजार ५ सय ५३ जना, ओसनियाबाट ५३ हजार ६ सय ९५, मध्यपूर्वबाट २० हजार ५सय ५, अफ्रिकाबाट ४ हजार ३२० जना र अन्यबाट ६२ हजार ५ जना पर्यटक नेपाल आएका छन् ।

तथ्यांक अनुसार नेपालले चालु आवको साउनेखि कात्तिकसम्म २७ अर्ब १५ करोड २५ लाख ५० हजार रुपैयाँ पर्यटनबाट आम्दानी गरेको छ भने पर्यटन क्षेत्रका विभिन्न ४ सय ७६ वटा आयोजनाको लागि ३० अर्ब २६ करोड ३० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।