यसैक्रममा चिनियाँ कम्पनी विवाईडीले विश्वका सर्वाधिक धनी एलन मस्कको स्वामित्वमा रहेको अमेरिकी कम्पनी टेस्लालाई जितेको छ ।
विवाईडीले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार उक्त कम्पनीले सन् २०२५ मा २२.५ लाख बीवाईडी कार बिक्री गरेको छ, जुन अघिल्लो वर्ष अर्थात् सन् २०२४ को भन्दा २८ प्रतिशत बढी हो । जबकी टेस्लाले सन् २०२५ मा विश्वभर १६ लाख ५० हजार विद्युतीय सवारी साधन बिक्री गरेको छ । यद्धपी यसकाे यकिन सङ्ख्या भने केही घण्टापछि थाहा हुनेछ, किनकी कम्पनीले शुक्रवार सन् २०२५ को आफ्नो कारोवार विवरण सार्वजनिक गर्न लागेको छ । तर, विश्लेषकहरूले कम्पनीका अधिकारीहरुको भनाईको आधारमा बिक्रीमा टेस्लाको तुलनामा विवाईडी निकै अगाडि रहेको दावी गरेका छन् ।
सन् २०२५ को शुरुवातदेखि नै टेस्लाको बिक्री घटेको थियो । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा मस्क संलग्न भएपछि सन् २०२५ मा सुरुका तीन महिनामै टेस्लाको बिक्री उल्लेख्य घटेको थियो । त्यसपछिका महिनाहरुमा बिक्री बढाउन कम्पनीले अनेक प्रयास गरे पनि सफल हुन नसकेको बताइएको छ ।
उता, चीनको सेन्जन मुख्यालय रहेको बीवाईडी विश्वभरि विद्युतीय सवारीसाधनको बजारमा शक्तिशाली कम्पनीका रूपमा कायम छ । बीवाईडीका ईभीहरू प्रायजसो प्रतिस्पर्धी कम्पनीले बनाउने सवारीसाधनभन्दा सस्ता हुन्छन् । त्यहीकारण विश्वभरका ईभी प्रयोगकर्ताहरुको माझ विवाईडीको लोकप्रियता बढ्दै गएको बजार विश्लेषकहरुले बताएका छन् ।