फिट र स्वस्थ रहन चाहनेहरूको विश्वासको केन्द्र बन्दै 'एफिट स्टुडियो'

Jan 02, 2026 05:48 PM Merolagani



फिटनेस भनेको केवल तौल घटाउनु वा आकर्षक शरीर बनाउनु मात्र होइन। फिटनेस भनेको शरीर र मन दुवैलाई स्वस्थ, सक्रिय र सन्तुलित अवस्थामा राख्नु हो।

फिट व्यक्ति शारीरिक रूपमा मात्र बलियो हुँदैन,ऊ मानसिक रूपमा पनि सचेत,अनुशासित र सकारात्मक हुन्छ। आजको व्यस्त, प्रतिस्पर्धात्मक र तनावपूर्ण जीवनशैलीमा फिटनेस कुनै विलासिता होइन, बरु स्वस्थ र आत्मनिर्भर जीवन जिउने मूल आधार बनेको छ।

हामी दिनभरि काममा व्यस्त रहन्छौँ तर आफ्नै शरीरलाई समय दिन बिर्सन्छौँ। यही बेवास्ता भोलिका दिनमा विभिन्न रोग, पीडा र अरूमा निर्भर जीवनको कारण बन्ने गर्छ। त्यसैले समयमै फिटनेसलाई जीवनशैलीको हिस्सा बनाउनु अत्यावश्यक छ।

नियमित व्यायाम फिटनेसको सबैभन्दा बलियो आधार हो। सही अभ्यास, उचित मार्गदर्शन र निरन्तरताले जीवनको गुणस्तर नै परिवर्तन गर्न सक्छ। यही सोचलाई व्यवहारमा उतार्दै वि.सं. २०८१ साल आश्विन १ गते ललितपुरको पुलचोकमा स्पष्ट उद्देश्यका साथ एफिट स्टुडियोको स्थापना गरिएको हो। आज एफिट स्टुडियो फिट र स्वस्थ रहन चाहनेहरूको विश्वासको केन्द्र बनेको छ। हाल यहाँ १५० भन्दा बढी सदस्यहरू दैनिक रूपमा जिम गरिरहेका छन् भने २५० भन्दा बढी ग्राहकहरू एफिट परिवारसँग जोडिएका छन्।

एफिट स्टुडियोमा १३ जना अनुभवी, दक्ष तथा प्रमाणित प्रशिक्षकहरूले हरेक सदस्यको आवश्यकता अनुसार सुरक्षित, वैज्ञानिक र प्रभावकारी प्रशिक्षण प्रदान गरिरहेका छन्। अझै पनि समाजमा जिम भनेको केवल खेलाडी वा बडीबिल्डरका लागि मात्र हो भन्ने धारणा पाइन्छ, तर वास्तविकता भने फरक छ। विशेषगरी नेपालमा वृद्धवृद्धा लामो समयसम्म फिटनेसबाट बेवास्ता हुँदै आएका छन्।

यही सोच परिवर्तन गर्न कटिबद्ध छन् एफिट स्टुडियोका फिटनेश ट्रेनर कुन्दन मिश्र, सबैका प्रिय ‘मिश्रा जी’। उनी नेपालकै एकमात्र सार्कोपेनिया विशेषज्ञका रूपमा परिचित छन्, जसले वृद्ध उमेरमा मांसपेशी कमजोर हुने र सन्तुलन गुम्ने समस्यामा विशेष रूपमा काम गर्दै आएका छन्। अमेरिकन काउन्सिल अन एक्सरसाइजबाट सिनियर फिटनेस स्पेसलिस्ट प्रमाणपत्र प्राप्त गर्ने नेपालका पहिलो र एकमात्र प्रशिक्षक मिश्रजीले सार्कोपेनिया विरुद्ध निरन्तर अभियान चलाईरहेका छन् ।

उनले साइटिका, स्पोन्डिलाइटिस, स्याक्रोइलाइटिस तथा आर्थराइटिसजस्ता समस्याबाट पीडित वृद्धवृद्धालाई पुनःस्थापना प्रशिक्षण पनि प्रदान गर्दै आएका छन्। मिश्रा जीको लक्ष्य स्पष्ट छ,'फिटनेस केवल युवाहरूका लागि मात्र होइन, स्वस्थ, आत्मनिर्भर र आत्मविश्वासी वृद्ध जीवनका लागि पनि अत्यावश्यक छ भन्ने सन्देश समाजमा फैलाउनु।'

उनी भन्छन्, 'भोलिको लागि पर्खिनु हुँदैन। ढिलो भएको छैन। फिटनेसको यात्रा आज सुरु गर्नुस्, भोलि सुरु गर्नुस् तर अवश्य सुरु गर्नुस्।' फिटनेसको यात्रा सबै उमेर समूहका मानिसहरूले गर्न सक्ने यात्रा हो। २० वर्षको उमेरमा पनि, ४० वर्षमा पनि र ५० वर्षपछि पनि फिटनेस प्रशिक्षण लिन सकिन्छ। यसका लागि कहिल्यै ढिलो हुँदैन।

मिश्रा जीका अनुसार फिटनेस भनेको जिम जोइन गर्नु मात्र होइन। बडीवेट एक्सरसाइज, हिँडडुल, भर्‍याङ चढ्नु पनि फिटनेसकै हिस्सा हुन्। फरक उमेर र फरक आवश्यकता अनुसार फरक अभ्यास र खेलकुद अपनाउन सकिन्छ, जसअनुसार शरीरमा सकारात्मक परिवर्तन देखिन थाल्छ।

'आफू स्वस्थ र फिट रहने सही समय आउँछ भनेर नपर्खिनुस्,एक कदम अगाडि बढेर प्रयास गर्नुस्, त्यसपछि तपाईं पक्कै पनि फिट रहनुहुनेछ।'

यस अर्थमा, एफिट स्टुडियो केवल एउटा फिटनेस सेन्टर वा जिम मात्र होइनः यो विश्वास हो, परिवर्तनको यात्रा हो र स्वस्थ भविष्यतर्फको दृढ सुरुवात हो।

भिडियाे हेर्नुहाेस्




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।