परिमार्जित भाडा दर अनुसार काठमाडौँबाट हुने उडानमध्ये सबैभन्दा लामो दुरीमा रहेको धनगढीको भाडा २६५ रुपैयाँले घटेको छ। धनगढीका लागि यसअघि ५ हजार ९२० रुपैयाँ रहेको इन्धन शुल्क अब ५ हजार ६५५ रुपैयाँ कायम भएको छ। यस्तै, पर्यटकीय आकर्षणको रूपमा रहेको माउन्टेन फ्लाइटको भाडा २१० रुपैयाँले घटेको छ।

क्षेत्रीय उडानतर्फ पनि भाडामा उल्लेख्य गिरावट आएको छ। जनकपुर–धनगढी रुटमा ३३० रुपैयाँ र जनकपुर–नेपालगन्ज रुटमा २७० रुपैयाँ भाडा कम भएको छ। छोटो दुरीको काठमाडौँ–सिमरा उडानमा भने ५५ रुपैयाँ भाडा घटेको छ।
हवाई भाडामा इन्धन शुल्क एउटा शीर्षक मात्र हो। यसमा वायुसेवा कम्पनीले लिने आधारभूत भाडा, विमानस्थल कर र अन्य शुल्कहरू थपिएपछि मात्र यात्रुले तिर्ने कुल भाडा दर कायम हुन्छ।
कुन क्षेत्रमा कति घट्यो इन्धन शुल्क (रुपैयाँमा)?
काठमाडौँ–धनगढी २६५
काठमाडौँ–माउन्टेन फ्लाइट: २१०
काठमाडौँ–सुर्खेत: २१०
काठमाडौँ–नेपालगन्ज १९५
काठमाडौँ–भद्रपुर: १८०
काठमाडौँ–विराटनगर: १४०
काठमाडौँ–भैरहवा १२५
काठमाडौँ–राजविराज: १२५
काठमाडौँ–तुम्लिङटार: ११०
काठमाडौँ–पोखरा: ९५
काठमाडौँ–जनकपुर: ७५
काठमाडौँ–भरतपुर: ६५
काठमाडौँ–सिमरा: ५५