कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार रीतपूर्वक आवेदन दिएकामध्ये गोला प्रथामार्फत कुल १० हजार जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो।
कम्पनीले पहिलो चरणअन्तर्गत नै आयोजना प्रभावित स्थानीयका लागि पनि १० लाख कित्ता शेयर पुस ३ गतेदेखि १७ गतेसम्म निष्कासन गरेको थियो। भुजुङ्ग हाइड्रोपावरले आफ्नो कुल १ अर्ब जारी पुँजीको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो।
आयोजना र वित्तीय अवस्था
लमजुङ जिल्लाको मिदिम खोलामा निर्मित ७.५ मेगावाट क्षमताको ‘माथिल्लो मिदिम जलविद्युत आयोजना’ यस कम्पनीले निर्माण गरेको हो। आयोजनाले २०८१ वैशाख ६ गतेदेखि नै व्यापारिक उत्पादन सुरु गरिसकेको छ।
वित्तीय विवरण अनुसार कम्पनी हाल नोक्सानीमा देखिएको छ। गत आर्थिक वर्ष २०८१/८२ को वास्तविक विवरण अनुसार कम्पनी ५ करोड ७ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा छ। यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ ४ पैसा छ भने प्रति शेयर नोक्सानी १० रुपैयाँ ८१ पैसा रहेको छ।
यद्यपि, कम्पनीले चालू आर्थिक वर्षको अन्त्यसम्ममा आफ्नो वित्तीय अवस्था सुधार गरी ३ करोड २८ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ।