ईसेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा क्रिकेटर दिपेन्द्र सिंह ऐरी

Jan 02, 2026 05:03 PM merolagani



डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकमा राष्ट्रिय क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई पुनः अनुबन्ध गरेको छ।

विगत दुई वर्षदेखि कम्पनीसँग आबद्ध रहेका ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो। यही पौष १८ गते ललितपुरको पुल्चोकस्थित ईसेवा मनि ट्रान्सफरको प्रधान कार्यालयमा एक विशेष कार्यक्रमबीच कार्यालयका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीबीच पुनः ब्रान्ड प्रवर्द्धक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

कार्यक्रममा ब्रान्ड प्रवर्द्धक दिपेन्द्र सिंह ऐरीले ईसेवा मनि ट्रान्सफर जस्तो डिजिटल प्रविधिलाई आत्मसात गर्ने संस्थासँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गरे। सम्झौता अनुसार ऐरीले ईसेवा मनि ट्रान्सफरले प्रदान गरिरहेको डिजिटल रेमिट्यान्स सेवाको प्रचार गर्दै ‘ब्राण्ड प्रवर्द्धक’ को रुपमा कार्य गर्नुका साथै सुरक्षित र भरपर्दो माध्यमबाट रेमिट्यान्स पठाउनका लागि सचेतना फैलाउन सक्रिय भुमिका खेल्नेछन ।

कार्यक्रममा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका एक प्रमुख खेलाडी दिपेन्द्र सिंह ऐरी जस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्रान्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैंमा गर्वको विषय भएको बताए ।

 




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।