बजार घटेको बेला धेरै लगानीकर्ताहरूमा निराशा छाएको र निर्वाचनको अनिश्चितताले झनै अन्योल थपेको महसुस गर्दै उनले लगानीकर्ताको मनोबल उकास्न सामाजिक सञ्जाल फेसबुकमा यो स्ट्याटस लेखेका हुन्। निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेको र राज्यका सबै अङ्गहरू सक्रिय भइसकेको तथ्य प्रस्तुत गर्दै उनले लेखेका छन्:
"समानुपातिक उम्मेदवारहरूको सूची बुझाई सकियो। प्रत्यक्ष उम्मेदवारहरू भटाभट सिफारिस भैराछन्। काँग्रेसको झगडा सामान्य हो, मिलिहाल्छ। नमिली सुखै छैन। थाहै नपाई बाको बयान सकिएछ, अब स्थान हद फुकुवा भैहाल्ला। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू पनि नियुक्त हुनुभएछ ! मतपत्र छपाई पनि सुरु भएछ ! चुनावी प्रहरी भर्तिको र अन्य चुनावी खर्चकालागि लागि बजेट निकासा पनि भइसकेछ ! नयाँ पुराना पाटीहरूमा चुनावी गठबन्धनका लागि रस्साकस्सी चलिराछ। अझै, हाम्रा केही साथीहरू चाही चुनाव हुँदैन भनेर पर्खी बस्या छन्। हामीले देखेको सत्य कुरा के हो भने नेपालका राजनैतिक पाटीहरूमा देशलाई परेको बेला सहमतिको (Reconciliation)को राजनीति गर्ने परम्परा छ। अब नेपाल बन्छ। अगाडि बढ्छ। नेपाली समाज संकारी छ र सौहाद्रता चाहन्छ।"
रेग्मीले निर्वाचनको ठोस आधारहरू प्रस्तुत गर्दै अहिलेको राजनीतिक रस्साकस्सीलाई सामान्य रूपमा लिन आग्रह गरेका छन्। उनले नेपाली राजनीतिमा जस्तोसुकै सङ्कट पर्दा पनि दलहरूबीच सहमतिको संस्कार रहेको उल्लेख गर्दै अब मुलुक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। उनले निर्वाचनका लागि उम्मेदवारहरूको सिफारिस भइरहेको, मतपत्र छपाइ सुरु भएको र सुरक्षाकर्मीको व्यवस्थाका लागि बजेटसमेत निकासा भइसकेको कुरालाई मुख्य आधार मानेका छन्। लगानीकर्ताहरूलाई बजारको हल्लाको पछि नलाग्न सुझाव दिँदै उनले नेपाली समाजको सौहाद्रता र राजनीतिक दलहरूको सहमतिको परम्पराले अन्ततः राम्रो नतिजा दिने दाबी गरेका छन्। उनले अब नेपाल बन्ने र अगाडि बढ्ने कुरामा दृढ विश्वास व्यक्त गर्दै लगानीकर्ताहरूलाई संयमित भएर वस्तुगत तथ्यलाई बुझ्न जोड दिएका छन्।