सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँट

Jan 06, 2026 12:46 PM Merolagani



सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) आज (पुस २२ गते) मंगलबार बाँडफाँट भएको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ६८ लाख ९६ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६८ हजार ९६७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि गत पुस ९ गतेदेखि १४ गतेसम्म निष्काशन गरेको थियो। सोही शेयर यस दिन बाँडफाँट भएको हो।

कम्पनीको शेयरमा कुल ७० हजार ४५७ जनाले १० लाख ३३ हजार ५१० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ७० हजार ४४५ आवेदन स्वीकृत भएका छन् भने १२ आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ६ हजार ८९६ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा बाँकी रहेको ७ कित्ता सोही लगानीकर्ताहरुमाझ बाँडफाँ गरिएको छ। अर्थात ७ जना लगानीकर्ताले कम्पनीको ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

 




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।