यस दिन नेप्से परिसूचक ९.९३ अंक बढेर २६४९.३० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ६ अर्ब ४७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३४ स्टकको ८८ हजार ३६२ पटकको कारोबारमा ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँबराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने हिमालयन ८०–२० को इकाईमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको रु रु जलविद्युत परियोजनाको शेयरमूल्य सर्वाधिक ८.४१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशत बढेको हो। कारोबार रकमका आधारमा यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य घटेको हो।