उनीहरूले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानूनको उल्लंघन र एक सार्वभौम राष्ट्रमाथिको अनावश्यक हस्तक्षेप भएको बताएका छन् । प्रदर्शनकारीहरूले भेनेजुएलाबाट हात झिक र युद्ध रोकेर शान्ति कायम गर जस्ता नाराहरू लेखिएका प्लेकार्डहरू बोकेका थिए ।
अधिकारकर्मीहरूले यो आक्रमणले दक्षिण अमेरिकी क्षेत्रमा थप अस्थिरता र मानवीय संकट पैदा गर्ने चेतावनी दिएका छन् । यसैबीच, अस्ट्रेलियाली सरकारलाई पनि अमेरिकी सैन्य गतिविधिलाई समर्थन नगर्न र कुटनीतिक समाधानका लागि पहल गर्न प्रदर्शनकारीहरूले दबाब दिएका छन् ।