जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि २० जना सिफारिस

Jan 07, 2026 01:21 PM Merolagani



न्याय परिषद्ले जिल्ला न्यायाधीश पदका लागि सञ्चालन गरिएको परीक्षामा उत्तीर्ण २० जना उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरेको छ।

सिफारिस हुनेहरूमा अधिवक्ता शिशिरकुमार यादव, सर्वोच्च अदालतका उपरजिस्ट्रार शिवप्रसाद आचार्य, जाजरकोट जिल्ला अदालतका श्रेस्तेदार ताराप्रसाद डाँगी, न्याय परिषद् सचिवालयका उपसचिव हीरालाल भुसाल, कोसी प्रदेशसभा सचिवालयका उपसचिव डिल्लीप्रसाद आचार्य, विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता गोपालबहादुर भट्टराई तथा न्याय परिषद् सचिवालयका उपसचिव सुमन पाण्डे रहेका छन्।

यसैगरी सर्वोच्च अदालतका उपरजिस्ट्रार ठाकुरप्रसाद बस्ताकोटी, रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार विकास बस्नेत, काभ्रेपलाञ्चोक जिल्ला अदालतका श्रेस्तेदार इन्दिरा कार्की, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता बाबुराम भट्टराई, उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता टेकराज भुसाल, सर्वोच्च अदालतका इजलास अधिकृत गोकुल पन्त, उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिस्ट्रार वीरेन्द्रप्रकाश खड्का तथा उच्च अदालत सुर्खेत जुम्ला इजलासका रजिस्ट्रार महेन्द्रप्रसाद पौड्याल पनि सिफारिस सूचीमा परेका छन्।

त्यस्तै सर्वोच्च अदालतका उपरजिस्ट्रार वासुदेव पाण्डे, ऋण असुली पुनरावेदन न्यायाधिकरणका श्रेस्तेदार ललित सापकोटा, न्याय परिषद् सचिवालयकी उपसचिव खेमकुमारी बस्नेत, सर्वोच्च अदालतका उपरजिस्ट्रार कर्णबहादुर राई तथा सर्वोच्च अदालतकी उपरजिस्ट्रार हीरामाया अवाललाई पनि जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएको छ।

न्याय परिषद्को सिफारिसपछि संवैधानिक प्रक्रियाअनुसार नियुक्ति प्रक्रिया अघि बढ्नेछ।