यस आईपीओमा लगानीकर्ताहरूको उल्लेख्य आकर्षण देखिएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अन्तिम तथ्याङ्क अनुसार कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका छन्। यो मागभन्दा १९.३७ गुणा बढी आवेदन हो।
कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको थियो। धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँट गर्दा कुल आवेदक मध्ये १ लाख ४३ हजार ९१७ जनाले मात्रै १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्। बाँकी २२ लाख ३९ हजार भन्दा बढी आवेदकको हात भने खाली हुने देखिएको छ।
यसअघि बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर छुट्टाएर बाँकी रहेको कित्ता सर्वसाधारणका लागि खुला गरेको थियो।
खोटाङको दिक्तेलमा प्रधान कार्यालय रहेको यस बैंकले आईपीओ मार्फत सङ्कलित रकम शाखा विस्तार र लगानीका अन्य क्षेत्रमा प्रयोग गर्ने योजना बनाएको छ।