बेलायतको दबाब सामु झुके एलन मस्क, एक्सले ‘डीपफेक तस्बिर’ हरुमाथि नियन्त्रण गर्ने

Jan 07, 2026 05:56 PM mero lagani



विश्वका सर्वाधिक धनी तथा सामाजिक संजाल एक्सका मालिक एलन मस्क बेलायतको दबाबको अगाडि झुकेका छन् ।

बेलायतले डीपफेक तस्बिरहरु प्रसारण नगर्न, नगराउन चेतावनी दिए लगत्तै एक्सले त्यसलाई सम्वोधन गरिएको र अब कुनै पनि आपत्तीजनक अश्लिल तस्बिरहरु प्रशारण नगर्ने, कसैले त्यस्तो प्रयास गरे त्यसलाई प्रशारण गर्न रोकेर कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएको छ । यद्धपी उस्को त्यो प्रतिवद्धता बेलायतको लागि मात्र हो वा बाँकी विश्वभरकै लागि हो भन्ने स्पष्ट भइनसकेको बताइएको छ ।

एक्समा बेलायती महिला र नाबालिगहरूको तस्बिरहरु उनीहरुको सहमति नहुँदा नहुँदै जवर्जस्ती प्रशारण हुने गरेको भन्दै बेलायतले अघिल्लो मंगलबार एक्स सामु आपत्ती जनाएको थियो । बेलायतका प्रविधि मन्त्री लिज केन्डलले एक्सले सामाजिक संजाललाई गलत तरिकाले प्रयोग गरिरहेको, अश्लिलता फैलाएर समाजमा अराजकता मच्चाइरहेको र व्यक्तिका गोपनियतमाथि प्रहार गरिरहेको भन्दै आपत्ती जनाएका थिए । ‘मेरो आपत्तीजनक भिडियो कति बेला आउने हो भनेर मानिसहरु आत्तिनु पर्ने अवस्था आउनु विडम्बना हो, हामी सामाजिक संजालका संचालकहरुले नै त्यो नियन्त्रण गरुन भन्ने चाहान्छौ । उनीहरुले नियन्त्रण नगरे, के गर्नु पर्ने हो हामी गर्छाैं,’ मन्त्री केण्डलले सामाजिक संजाललाई दिएको प्रतिकृयामा भनेका थिए ।

सोमबार युरोपेली आयोगले एक्सले स्पाइसी मोडु प्रस्ताव गरिरहेको थाहा भएको र ती तस्बिरलाई गैरकानुनी भन्दै निन्दा गरेको थियो भने फ्रान्सले पनि एक्सका गतिविधिप्रति आपत्ती जनाएको थियो । एक्सले आफू बेलायतले उठाएको विषयमा गम्भिर रहेको भन्दै आपत्तीजनक लाग्ने सबै सामाग्रीहरु हटाउन लागेको घोषणा गरेको छ ।

मस्कले सार्वजनिक व्यक्तित्वहरूको सम्पादित बिकिनी छविहरूको जवाफमा हाँस्ने इमोजीहरू पोस्ट गर्दै अनलाइनमा चिन्ता व्यक्त गरेका छन् । उनले पनि बेलायतले गरेको आपत्तीलाई सम्वोधन गर्ने जानकारी दिएका छन् ।