टोयटाको अर्बन क्रुजर इभी आउँदाे साता लन्च हुने, यस्ता छन फिचर र सुविधा

Jan 11, 2026 02:57 PM merolagani



टोयटाको अर्बन क्रुजर इभी एसयूभी जनवरी १९ मा सार्वजनिक हुने भएको छ ।

यो विशेषगरी टोयटाको मारुती सुजुकी ईभिताराकै नयाँ संस्करणमा कम्पनीले निर्माण गरी भारतीय अटो बजारमा सार्वजनिक गर्दैछ । जसमा ब्रान्डमा विशिष्ट डिजाइनमा निर्माण गरिएको छ ।

मध्यम आकारको एसयूभी खण्डमा टोयटाको अर्ब क्रुजर इभीले महिन्द्राको बीई ६, हुन्डाइ क्रेटा इलेक्ट्रिक, एमजी जेडएस इभीसँग प्रतिष्पर्धा गर्ने कम्पनीको दाबी छ ।

यो एसयूभीको मूल्य आगामी दिनमा घोषणा गरिने भएता पनि इभी भेरिन्टको भएकाले न्युनतम २१ लाख भारतीय रुपैयाँ र शीर्ष भेरियन्टका लागि २६ लाख भारतीय रुपैयाँ मूल्य रहने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार, यो एसयूभीका पावरट्रेन स्पेसिफिकेसन, सुविधाहरु र अन्य प्रमुख विवरणहरु अझै गोप्य छन् । यद्यपी, नयाँ टोयटा इलेक्ट्रिक एसयूभीले इभितारासँगै ४९ किलोवाट र ६१ किलोवाट ब्याट्री प्याकहरु साझा गर्ने सम्भावना छ ।

दुवै ब्याट्रीहरु अगाडी एक्सल माउन्ट गरिएको इलेक्ट्रिक मोटरसँग जोडिनेछ । सानो ब्याट्री प्याकले अधिकतम १४४ बीएचपी पावर उत्पादन गर्छ । जबकि ठूलो ब्याट्रीले १७४ बीएचपी पावर प्रदान गर्छ । टोयटा अर्बन क्रुजर इभीले एक पटक चार्ज गर्दा ५०० किलोमिटर भन्दा बढीको ड्राइभिङ दायरा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यसमा १०.१ इन्च टर्चस्क्रीन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, १०.२५ इन्च डिजिटल ड्राइभर डिस्प्ले, १० तर्फी इलेक्ट्रिक समायोजन हुने ड्राइभर सिटहरु, इन्फिनिटी साउन्ड सिस्टम, वायरलेस फोन चार्जर, ग्लास रुफ, सात एयरब्याग, ३६० डिग्री क्यामेरालगायतका फिचरहरु उपलब्ध छन् ।

 

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।