नाईमाको मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सम्पन्न

Jan 09, 2026 05:11 PM merolagani



नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन(नाइमा) ले थापाथली इन्जिनियरिङ क्याम्पस सँगको सहकार्यमा आफ्नो मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सम्पन्न गरेको छ ।

क्याम्पस प्रमुख डा. खेम ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको मुख्य विषय पूर्णरुपमा ढलेको सवारी साधनको उत्पादन, वसरहरु, चुनौतीहरु र आगामी बाटो रहेको थियो ।

अध्यक्षीय मन्तव्यमा क्याम्पस प्रमुख डा. खेम ज्ञवालीले थापाथली क्याम्पसले लामो समयपछि यति महत्वपूर्ण उद्योग–शिक्षा सहकार्यमा आधारित कार्यक्रम आयोजना गर्न पाएकोमा गर्व व्यक्त गरे । उनले यस्ता संवादहरू व्यवहारिक सिकाइ, अनुसन्धान तथा उद्योगसँग सहकार्य विस्तारका लागि वास्तविक आवश्यकता भएको उल्लेख गर्दै कार्यक्रमको महत्वपूर्ण पहलका लागि नाइमा र अटोमोबाइल एण्ड मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट इन्नोभेटिभ नेसनलाई धन्यबाद दिए ।

२०० जना सहभागी रहेको कार्यक्रममा प्राविधिक प्रस्तुति तथा प्यानल छलफल आयोजना गरिएको थियो । प्राविधिक प्रस्तुतिको सहजीकरण थापाथली क्याम्पसका सहायक प्राध्यापक इ. लोचन केन्द्र देवकोटाले गरेका थिए प्यानल छलफलमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योगपति शेखर गोल्छा, तथा थापाथली क्याम्पसका डेपुटी इन्स्ट्रक्टर इ. लक्ष्मण पालिखेल सहभागी रहेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य इन्जिनियर देवेन्द्रबहादुर राउत, प्रमुख,अटोमोबिल एन्ड मेकानिकल इन्जिनियरिङ विभाग, तथा नाइमाका सदस्य एवं सारडा ग्रुपका निर्देशक गौरव सारडाले गरेका थिए । आफ्नो मन्तव्यमा इ. राउतले राष्ट्रिय विकासका लागि स्थानीय उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै प्राज्ञिक र औद्योगिक क्षेत्रबीच अझ बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रमको सहजीकरण नाइमा का कार्यकारी निर्देशक राजकुमार दुलालले गरेका थिए । समापन मन्तव्य काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी र नाइमाकी बोर्ड सदस्य यमुना श्रेष्ठले दिएका थिए । एसएसपी अधिकारीले चालक,ट्राफिक प्रहरी तथा सरोकारवालाहरूलाई आधुनिक सवारी साधन प्रविधिबारे शिक्षित गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गरे ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।