वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन, दुई फर्मलाई जरिवाना, १२ लाई सामान्य निर्देशन

Jan 14, 2026 11:58 AM merolagani



वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता ठगी गर्ने दुई वटा फर्मलाई जरिवाना गरेको छ । 

विभागले मङ्गलवार काठमाडौँका विभिन्न १४ वटा उद्योग तथा फर्महरूमा गरेको आकस्मिक अनुगमनका क्रममा कैफियत भेटिएका फर्महरूलाई कारबाही गरेको हो ।

विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमन गर्दा काठमाडौँ महानगरपालिका-२६ मा रहेको वि.एस. धवलागिरि ट्रेडर्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यसै गरी, काठमाडौँ-३ वसुन्धरास्थित सिन्धु मेटेरियल्स प्रालिलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । यी दुवै फर्महरूलाई ऐनको दफा १६ र ३८ (घ) बमोजिमको कसुरमा दफा ३९ (१)(क) अनुसार जरिवाना गरिएको हो ।

अनुगमनका क्रममा अन्य १२ वटा फर्महरूलाई भने सामान्य निर्देशन दिइएको छ। निर्देशन पाउनेहरूमा बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालि, निप्पोन ट्रेड लिङ्क, श्री मनकामना इन्टरप्राइजेज, शीतल रङ्ग धुक्‌,  डी. वि. सप्लायर्स,  न्यु अवा इन्टरप्राइजेज, जे.वि. पेन्ट एण्ड हार्डवेयर सेन्टर, सुप्रसिद्ध निर्माण सामाग्री केन्द्र,  एन एण्ड एन ट्रेडलिंक, कामाख्या इन्टरनेशनल,  ग्लोबल पिस इन्टरप्राइजेज प्रालि,आदित्य इन्टरप्राइजेज लगायत छन्। 

विभागले उपभोक्ताको हकहित संरक्षणका लागि नियमित रूपमा यस्ता अनुगमन कार्यलाई निरन्तरता दिँदै आएको बताएको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।