नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

Jan 14, 2026 05:45 PM merolagani



नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बुधबार कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल भई पारित भएको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको हो ।

सभामा कोष सञ्चालक समितिका अध्यक्ष घिमिरेले कोषको कार्यक्रममा नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका सर्वसाधारणहरूलाई समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवर्द्धन गर्दै लैजाने योजना रहेको बताए। आगामी दिनमा कोषले बचत संकलनको दायरा बिस्तार गर्दै जानेमा उनले जोड दिए।

कोषले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजनामा लगानी बढाउने, सहभागीहरूलाई प्रदान गर्दै आएको सहभागी कर्जालाई विस्तार गर्ने, शेयर धितो कर्जा प्रदान गर्ने, जोखिम विश्लेषण गरी उपयुक्त पूर्वाधार सम्बन्धी परियोजनामा लगानी बढाउँदै लैजानेमा उनले जोड दिए।

साधारणसभामा शेयरधनीहरुबाट उठाइएका जिज्ञासाहरुको बारेमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले जवाफ दिए। उनले कोषको वस्तुस्थिति बारे बताउँदै शेयरधनीहरूबाट उठाइएका जिज्ञासा तथा सुझावहरूलाई आगामी दिनमा पूरा गर्दै लाने प्रतिबद्धता व्यक्त गरे ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।