निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुगेका काँग्रेसका नेताहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलसम्बन्धी विषयमा आयोगको आफ्नो परम्परा, विधि, संविधान, ऐन, र कानून रहेकाले सोहीअनुसार निर्णय हुने बताए । निर्वाचन आयोग विधि र पद्धति भन्दा बाहिर नजाने स्पष्ट पारे।
उनले भने, ‘निर्वाचन आयोगको आफ्नो परम्परा छ । विधि, परम्परा छ । संविधान, ऐन, कानून छ । यसको परिधिभित्र रहेर निर्वाचन आयोगले निर्णय गर्ने हो । निर्वाचन आयोगले विधि र पद्धतिअनुसार निर्णय गर्नेछ । हाम्रो संस्थागत परम्परा पनि छ ।’
उनले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने प्रयोजनका निम्ति आवश्यक कार्यक्रम सकेर निर्वाचन सम्पन्न गराउने बताए । नेपाली काँग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर केन्द्रिय कार्य समिति चयन गरेसँगै काँग्रेस विभाजित छ । दुवै पक्षले आधिकारिकता दबाी गरिरहेका छन् ।