मिश्रित निर्वाचन प्रणाली रहेसम्म खर्च कम गर्न सकिन्नः केशव झा

Jan 16, 2026 01:57 PM Merolagani



जनता समाजवादी पार्टी,नेपालका नेता केशव झाले मिश्रित निर्वाचन प्रणाली रहेसम्म निर्वाचन खर्च कम गर्न नसकिने बताएका छन् । शुक्रवार निर्वाचन आचारसंहिता सम्बन्धि निर्वाचन आयोगले आयोजना गरेको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले प्रनिनिधिसभा निर्वाचन जित्नको लागी उम्मेदवारले १५ करोड रुपैयाँसम्म खर्च गर्ने गरेको बताए । उनले प्रत्येक निर्वाचनमा खर्चको सिमा बढिरहेको उल्लेख गरे । आयोगले यसपटक निर्वाचन क्षेत्रको आधारमा २९ लाखदेखि ३३ लाख रुपैयाँ सम्मको खर्च सिमा तोकिएको भएपनि यसलाई लागू गर्न नसकिने बताए ।

उनले भने, ‘निर्वाचन आचारसंहिता बनाउँदाखेरि कठिन हुने खालको बनाउनु हुँदैन । केही कुरा त एकदमै कठिन हुने खालको नै छ । एकातिर हामीले यो निर्वाचन खर्च कसरी घटाउने भन्छौँ । यद्यपि मेरो यसमा प्रष्ट मान्यता त के छ भने मिश्रित निर्वाचन प्रणाली हुन्जेलसम्म हामीले जति कोशिष गरेपनि यो निर्वाचन खर्च घटाउन सकिदैन । यो बढेको बढ्यै हुन्छ । यसपाली पनि २९ लाखदेखि ३३ लाखसम्मको निर्वाचन क्षेत्रानुसारको खर्च सीमा तोकिएको छ । यहाँहरुले कसरी यो हेर्नुहुन्छ, थाहा छैन । तर जित्ने ठाउँमा त ५-१० करोड खर्च हुन्छ, जित्नेले त्यो खर्च गर्छन । हरेक निर्वाचनमा प्रतिनिधिसभा जित्नको लागी १५ करोडसम्म खर्च भईरहेको छ ।’

उनले निर्वाचन आचारसंहिता बनाउँदा कार्यन्वयन हुने खालको बनाउनुपर्नेमा जोड दिए । उनले कठिन आचारसंहीता बनाउँदा कार्यान्वयन गर्न नसकिएकोतर्फ ध्यानाकर्षण गराए।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।