निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्छौंः पूर्णबहादुर खड्का

Jan 16, 2026 03:22 PM merolagani



नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले शेरबहादुर देउवाले नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आयोगले गलत निर्णय गरेमा आफूहरुले देशभर आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

 

‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन । तर, आशंकाहरू छन्, निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ । हामी गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुनेछौं,’ उनले बताए ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।