मुद्दा मामिला गरेर समय खेर नफालौँ : विश्वप्रकाश शर्मा

Jan 16, 2026 09:09 PM merolagani



नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब मुद्दा, मामिला, कोर्ट, कचहरीमा समय खेर नफाली एकताबद्ध हुन आग्रह गरेका छन् ।

शुक्रबार निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनले गरेको निर्णय अद्यावधिक गरेसँगै प्रतिक्रिया दिँदै शर्माले यस्तो आग्रह गरेका हुन् । "सबैलाई यो नवीन यात्रामा, महान् यात्रामा एकताबद्ध भइदिनका लागि म अपिल गर्न चाहन्छु," शर्माले भने ।

उनले पार्टी सभापति शेरबहादुर देउवालगायत सबै नेताहरूलाई नवीन यात्रामा एकताबद्ध भएर लाग्न आग्रह गरे । अब मुद्दा, मामिलामा समय खेर फाल्न नहुने शर्माको भनाइ छ ।

"सबैलाई यो महान् अभियानमा मुद्दा, मामिला, आदि, इत्यादी, कोर्ट, कचहरी गरेर समय खेर नफालेर एउटा नवीन यात्रामा जानका लागि सँगसँगै उभिऔँ, सँगसँगै बढौँ । समुन्नत नेपालको लागि बदलिएको कांग्रेस लिएर जाऔँ," शर्माले भने ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।