नेपाली कांग्रेसका देउवा पक्ष भोलि सर्वोच्च अदालत जाने

Jan 17, 2026 12:31 PM merolagani



निर्वाचन आयोगको निर्णय विरुद्ध नेपाली कांग्रेसका देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ। भोलि नै आफूहरू सर्वोच्च अदालत जाने तयारी भइरहेको देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

आज सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको हो।

बैठकले संवैधानिक, राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
उनले भने, ‘उपस्थित सङ्ख्या समेत नहेरी दूषित मनसायले एकलौटी त्यो निर्णय गरेको छ। विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढङ्गले परिवर्तन गरी कांग्रेसलाई गम्भीर क्षति पुर्‍याउने मनसाय देखिन्छ। ‘
थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णयको कडा विरोध गर्दै प्रतिवाद गर्ने निर्णय गरेको बताए। 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।