आज सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको हो।
बैठकले संवैधानिक, राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
उनले भने, ‘उपस्थित सङ्ख्या समेत नहेरी दूषित मनसायले एकलौटी त्यो निर्णय गरेको छ। विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढङ्गले परिवर्तन गरी कांग्रेसलाई गम्भीर क्षति पुर्याउने मनसाय देखिन्छ। ‘
थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णयको कडा विरोध गर्दै प्रतिवाद गर्ने निर्णय गरेको बताए।