उम्मेदवार चयन गर्न नेपाली कांग्रेसले गर्याे संसदीय बोर्ड गठन,१६५ क्षेत्रमै उम्मेदवारी दिने

Jan 17, 2026 12:37 PM merolagani



नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गरेको छ। कांग्रेसले सभापति गगन थापा, उपसभापतिहरु महामन्त्रीहरू र सहमहामन्त्रीहरू रहेको संसदीय बोर्ड गठन गरेको हो।

पार्टीको विधानअनुसार संसदीय बोर्ड गठन गरिएको कांग्रेसले जनाएको छ।

पार्टीका तल्ला निकायहरूको सिफारिसका आधारमा अब यो संसदीय बोर्डले उम्मेदवारहरू चयन गर्नेछ।

उपसभापति विश्वप्रकाश शर्माका अनुसार १६५ क्षेत्रमै कांग्रेसले उम्मेदवारी दिनेछ। उम्मेदवारी दर्ता माघ ६ गते छ।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।