देउवा समूहको रिट दर्ता, पेसी पर्सि

Jan 18, 2026 12:41 PM Merolagani



नेपाली कांग्रेस देउवा समूहका तर्फबाट दायर गरिएको रिटको पेसी आउँदो मंगलबारका निम्ति तोकिएको छ । पार्टीका विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार (आज) देउवा समूह सर्वोच्च गएको हो ।

रिटमा मुख्यतः तीन माग गरिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई काम गर्न रोक लगाउन रिटमा माग गरिएको छ । विशेष महाधिवेशन अवैध भएको देउवा समूहको जिकिर छ ।

 

 

यस्तै, नवनिर्वाचित कार्यसमितिलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयनपत्र दर्तामा रोक लगाउन माग गरिएको छ ।