सुन र चाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड, कति पुग्यो मूल्य ?

Jan 27, 2026 11:12 AM Merolagani



माघ १३ गते, मंगबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यले पुनः ऐतिहासिक उचाई बनाएको छ । पछिल्ला चार दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउदै बढ्ने क्रममा रहेको हो ।

यस दिन सुन प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य रेकर्डलाई ब्रेक गर्दै यस दिन सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।

यस दिन चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ६ हजार ७६५ रुपैयाँमा खरिदबिक्री भएको थियो । यस दिन चाँदीको मूल्यले पनि सोमबार बनाएको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।




सस्तो शेयरमा किन झुम्मिए साना लगानीकर्ता ? कारण ५० अर्बको खेल, के हो ५० अर्बको खेल ?

Jan 22, 2026 05:39 PM

सुवास निरौला 

पछिल्लो समय दोस्रो बजारमा एउटा रोचक दृश्य देखिन थालेको छ। लगानीकर्ताहरूको ध्यान ठूला र महँगा कम्पनीभन्दा साना र सस्ता मूल्य भएका कम्पनीहरूतर्फ ह्वात्तै मोडिएको छ।